जयबहादुरको ‘मैनाचरी’मा प्रियंकाको ठुम्का
बिहीबार, १८ जेठ २०८०, १८ : १३
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवं पूर्व एआइजी जयबहादुर चन्दको शब्द रहेको नयाँ गीत ‘मैनाचरी’ सार्वजनिक भएको छ । गायिका मेलिना राईको स्वर रहेको राष्ट्रिय भावको गीतमा वसन्त सापकोटाले संगीत दिएका छन् ।
गीतको एरेन्ज महाराज थापाले गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले ठुम्का लगाएकी छिन् । सुदिप बरालको छायांकन रहेको भिडियोमा प्रियांकालाई नचाउने काम कोरियोग्राफर कविराज गहतराजले गरेका छन् ।
सरोज ओलीको निर्देशन रहेको भिडियो निकै तामझापका साथ छायांकन भएको छ ।
‘यो राष्ट्रिय भावको गीत हो,’ गीतकार चन्दले भने, स्कुल कलेज बिहे व्रतबन्धतिर बजाउन मिल्छ । आम दर्शक स्रोतमा राष्ट्रिय भाव जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ’ ।
चन्दको यस अगाडि ट्राफिक सम्बन्धी जनचेतना जगाउने ‘सेतो टोपी’ बोलको गीत चर्चित भएको थियो ।