सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ

बिहीबार, १८ जेठ २०८०, १९ : ११
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका १४ घर भई हाल काठमाडौँमा बस्दै आएका २३ वर्षीय धर्मेन्द्र कुमार साह रहेका छन् ।

प्रहरीका अनुसार साहले सामाजिक सञ्जाल फेसबुकमा केटी साथी बनाइ साथीको अनुमति बिना मोबाइल चलाएर मोबाइल बैकिङबाट ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको छ । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप