सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषा  प्रहरीद्वारा चोरी घटनामा संलग्न १३ जना सार्वजनिक

बिहीबार, १८ जेठ २०८०, १९ : ३७
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाले चोरी घटनामा संलग्न १३ जनालाई सार्वजनिक गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन आयोजना गरी विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो । 

चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म चोरी घटनामा पक्राउ परेका ५ सय ९ जनामध्ये चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परेपनि अभद्र व्यवहार मुद्दा दर्तामा गरी १ सय ३१ जनालाई कारागार पठाइएको प्रहरीले बताएको छ । 

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका चोरी आरोपमा पक्राउ परेकाहरु सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरी घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धनुषाले परिचालन गरेको २५ सदस्यीय टोलीको सहयोगमा पक्राउ गरिएको उनले बताए ।  

उनले जेठ १० गतेसम्म चोरी आरोपमा पक्राउ परेकामध्ये एक जना धरौटीमा छुटेको, ३ जना कारागार चलान भएको जानकारी दिँदै बाँकी २३ जनासहित हालको पक्राउ परेका १३ जना गरी ३६ जना अनुसन्धानको क्रममा रहेको जानकारी समेत दिए ।  

 यसका साथै विभिन्न मितिमा बरामद गरिएका १३ वटा मोटरसाइकल सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ सय फरार प्रतिवादीलाई पक्राउ गरी ६७ लाखभन्दा बढी रकम जरिवाना र साढे ७ करोड रुपैयाँ भन्सार चोरी निकासीबाट बरामद गरिएका सामानबाट राजश्व संकलन गरिएको बताए।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप