सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

शनिबार, २० जेठ २०८०, ०८ : २३
शनिबार, २० जेठ २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ । 

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।  उता, दशरथ रङ्गशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपिएफ फुटबल क्लबबीच  भिडन्त हुनेछ । , जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

यसैगरी, रङ्गशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल युथ क्लब आमने सामने हुनेछन्, जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप