मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महिला टी–२० : आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै

शनिबार, २० जेठ २०८०, ०८ : ३९
शनिबार, २० जेठ २०८०

काठमाडौँ । आज नेपाल र मलेसियासँग महिला टी–२० क्रिकेट शृङ्खलाको चौथो खेल खेल्दैछ ।आज हुने चौथो खेल बिहान ११ बजे, वाइसडी, युकेम ओभल, मलेसियामा सुरु हुनेछ ।

हालसम्म भएका तीन खेल मध्ये दुई खेलमा जीत हासिल गरेको नेपाल नेपाल २–१ ले अगाडि छ । आजको खेलमा पनि जीत हासिल गरेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलाको जीत हासिल गर्नेछ ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेलमा जीत हासिल गरेको थियो । जसअनुसार दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको नेपाल एक खेल अगावै जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप