मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जीतका लागि मलेसियासँग भिड्दै नेपाल

आइतबार, २१ जेठ २०८०, ०७ : ११
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । महिला टी–२०  क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसिया बीच प्रतिस्पर्धा हुँदैछ । महिला टी–२० शृङ्खलाको अन्तिम खेलमा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो ।

यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो शृङ्खलामा भने विजय हासिल गरेको थियो ।

मलेसियामा जारी द्वि देशीय शृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो शृङ्खलामा विजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ ।

आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप