आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयोजक टिका भैरव टिम च्याम्पियन

आइतबार, २१ जेठ २०८०, १४ : २०
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । आयोजक टिका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजो ‘छैटौं राष्ट्रव्यापी टिका भैरव सो–क्योकुसिन कराते प्रतियोगिता’मा टिम च्याम्पियन बनेको छ । टिका भैरवले पाँच स्वर्ण, तीन रजत र दुई कांस्य पदक जित्दै उपाधि हात पारेको हो ।

गोदावरी नगरपालिका—६ स्थित टिका भैरव मन्दिरको प्रांगणमा भएको प्रतियोगितामा एक स्वर्ण र दुई रजतसहित ठेचो डोजो दोश्रो भयो । तेश्रो स्थानको केन्द्र डोजोले एक स्वर्ण र एक कांस्य हात पा¥यो । प्रतियोगितामा पुरुषतर्फ आयोजक टिकाभैरवका अर्जुन नगरकोटी र महिलातर्फ केन्द्रकी अन्सु राई उत्कृष्ट खेलाडी घोषित भए ।

पुरुष ३० केजी तौलसमूहमा विश्वास मार्फा तामाङ, ३५ केजीमा निरोज नगरकोटी, ५० केजीमा राजेश नगरकोटी, ६० केजीमा अजय तामाङ र खुला तौलसमूहमा अर्जुन नगरकोटीले टिका भैरवलाई स्वर्ण पदक दिलाए । पुरुष ४० केजीमा ठेचोका आशिष घिमिरे र महिला खुला तौलसमूहमा केन्द्रकी अन्शु राईले स्वर्ण पदक चुमे ।

विजयी टोली खेलाडीलाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङ, १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीलगायतले पुरस्कार वितरण गरे । 

दुई दिने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ एक गरी सात स्पर्धामा एक सय ५० जना खेलाडीले सहभागिता जनाएका थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप