सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लोकगायक प्रेमराज महतले ल्याए नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’

आइतबार, २१ जेठ २०८०

काठमाडौँ । वरिष्ठ लोकगायक प्रेमराज महतको नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ । उनकै शब्द तथा सङ्गीत रहेको उनलाई स्वरमा गायिका शान्तिश्री परियारल पनि साथ दिएकी छन् । 

गीतको भिडियो भने जुम्लाका विकट पहाडी क्षेत्रमा भएको छ । भिडियोमा गायक महतसँग रीना थापा मगरले अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोका छायांकार मानकृष्ण महर्जन हुन् ।

रिमा फिल्मस्ले निर्माण गरेको भिडियो सम्पादन मिराज अर्यालले गरेका हुन् । गीतको भिडियो अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गीर्वाण विक्रम भण्डारी र गौरिका भण्डारी हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया