सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ

आइतबार, २१ जेठ २०८०, १८ : ५४
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका ७ का ३७ वर्षीय अजित विश्वकर्मा रहेका छन् । 

घरमा लुकाएको लागुऔषध ब्राउन सुगरसहित उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनको साथबाट लागुऔषध ब्राउनसुगर २ ग्राम १२०  मिलिग्राम बरामद गरिएको छ । 

यस्तै लागूऔषध तौल गर्ने डिजिटल तराजु ३ थान र विभिन्न कम्पनीका १६ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप