सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साहित्यकार शैलेन्द्र कुमार थापाको ‘भोगाइ’ सार्वजनिक

सोमबार, २२ जेठ २०८०, ०९ : २४
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृति ‘भोगाइ‘ कृतिको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

सुरेश वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार सुनिल अधिकारीको सहभागिता रहेको थियो । लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापाले साहित्यकार शैलेन्द्रले आफ्नो जीवन भोगाइलाई कृतिको रूपमा प्रकाशनमा ल्याएको पुस्तकले समाजमा आम मानिसलाई जीवनको विषयमा सही जानकारी दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप