सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जिन्दगीले लड्नुपर्छ

सोमबार, २२ जेठ २०८०, १३ : ०८
सोमबार, २२ जेठ २०८०

कहाँ सोचेर जिन्दगी पीरमा पर्छ,
दुःखकष्ट पीर मेरै तक्दिरमा पर्छ ।
आमाको काख जस्तो हुन्न रैछ जिन्दगी,
सोचिनँ चोट सहनुपर्छ ताप सहनुपर्छ ।
दुःखीलाई नै दुखाउने रैछ जिन्दगीले,
सोचे भावीको लेखान्त स्विकार्नुपर्छ ।
खुसी बन्धकी राखी जीवन चलाउँदा,
आँखाले बहुत आँसु खपत गर्नुपर्छ ।
समयले कसैलाई पर्खंदैन रैछ हजुर,
मृत्युले अँगाले’सि जिन्दगीले लड्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमला कार्की
कमला कार्की
लेखकबाट थप