सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘ओ मेरो राजा जी’मा हट मोनिकाकासँग रोमान्टिक पुष्प

सोमबार, २२ जेठ २०८०, १५ : ००
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । गायक सन्तोष सुनार र गायिका विन्दु परियारले ‘ओ मेरो राजा जी’ बोलको गीत ल्याएका छन् । सन्तोष सुनारकै शब्द तथा कम्पोजमा रहेको गीतको भिडियो पनि बनेको छ । 

भिडियोमा नायक पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको रोमान्स देख्न सकिन्छ । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी छ ।

मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मोनिका भने निकै हट देखिएकी छिन् । उनीसँगै पुष्प पनि रोमान्टिक मुडमा भिडियोमा प्रस्तुत भएका छन् ।

गीतमा केटा र केटीले एक अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको  सुन्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप