आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

संसद्‍मा ओली : बङ्गलादेश जाने बाटोसँग लिपुलेक लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा आएको छ

सोमबार, २२ जेठ २०८०, १५ : ४५
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबाट उत्साहित हुनुपर्ने अवस्थामा हुनुपर्नेमा चिन्ताको अवस्थामा रहेको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बङ्गलादेश जाने बाटोसँग लिपुलेक लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा आएको दाबी गरे । 

उनले बङ्गलादेशसम्म आवागमन हुने बाटो अहिले पनि चलिरहेको र कसैले पनि बाटो प्रयोग गर्न नरोकिएको उल्लेख गरे । सीमा विवाद समाधानको बङ्गलादेश मोडेल ठिक नरहेको बताउँदै उनीहरुले आफ्नो छुटेको जग्गा आपसमा लेनदेन गरे पनि नेपाल र भारतबीच जमिन सट्टा पट्टा हुन नसके बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको दाबी  समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप