आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

नागरिकता प्रमाणीकरणमा ‘दोहोरी’ चलेपछि ओलीले सुनाए डा.रामवरणको कमजोरी !

सोमबार, २२ जेठ २०८०, १६ : ४४
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणका विषयमा प्रतिनिधिसभाका सांसदहरू पक्ष विपक्षमा बहसमा उत्रिएका छन् । त्यस क्रममा उनीहरुले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको नाम आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  पूर्वराष्ट्रपति डा.राम वरण यादवले पनि कतिपय विधेयकहरू प्रमाणीकरण नगरेको भन्दै तत्कालीन राष्ट्रपति विद्या भण्डारीको बचाउ गर्दै वर्तमान सरकार र राष्ट्रपतिको कटाक्ष गरेका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा होहल्लाका बीच प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया र त्यसबारे उठेका प्रश्नको जवाफ दिएपछि बोलेका पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिले सत्तापक्षमा रहेका पार्टीहरूले नै बहुमतका नाममा विगतमा पनि राष्ट्रपतिलाई अनावश्यक काम गर्न लगाएको आरोप लगाए । उनले प्रधानन्यायाधीशमाथिको महाभियोग लगाउनेदेखि पूर्व राष्ट्रपति रामवरण यादवले समेत संविधानअनुसार काम नगरेको भन्दै कटाक्ष गरे । 

‘सत्ता गठबन्धनले प्रधाननयायाधीशमाथि मुद्दा लगायो । जे आरोप लेखिएका छन् सत्य होलान् होइनन्, म जान्दिनँ । तर ती आरोप आरोपका लागि लगाएका हुन्’, ओलीले भने, ‘एउटा मुद्दा जुन पेशीमा चढाइयो ।’ उनले फागुन १ गते दर्ता गरेको महाभियोग ६ महिनासम्म घर्रामा थन्क्याइएको भन्दै प्रधानमन्त्रीले त्यहीबाट बेथिति सिर्जना भएको बताए । ‘सम्माननीय प्रधानमन्त्रीजी यहाँको निर्देशनमा गरेको होइन त्यति बेला सभामुखले ?’, ओलीले प्रश्न गरे । उनले सत्ताको निर्देशनमा सभामुख अग्नि सापकोटाले गैर कानुनी काम गरेको भन्दै सभामुखलाई बिचरा बनाएको आरोप लगाए । उनले त्यो कति लोकतान्त्रिक भन्दै प्रश्न गरे । 

उनले पूर्वराष्ट्रपति रामवरण यादवमाथि पनि प्रश्न उठाए । भने, ‘सम्माननीय पूर्वराष्ट्रपति डा.राम वरण यादवले सरकारले यी यी राजनीतिक मुद्दा गर्ने भन्दा यो मलाई मन नपर्ने मुद्दा फिर्ता गर्दिन भनेर उहाँले रिजेक्ट गर्नुभयो । ’ उनले प्रधानमन्त्री आफैले मध्य राति राष्ट्रपतिले चालेको कदमबाट देशको राजनीति कता गयो भनेर भनेको स्मरण समेत गराए । जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कट्वाल प्रकरणका कारण मुलुकको राजनीतिमा उलटफेर आएका प्रसङ्ग ल्याएपछि ओलीले त्यसको काउन्टर जवाफ दिएका हुन् । 

‘राष्ट्रपति राम वरण यादवज्यूले विधेयकहरू होल्ड गर्नुभएको छ, रोक्नुभएको छ । त्यति वेला कोही किन बोलेन ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामीले भन्यौ राष्ट्रपतिज्यू यसरी रोक्नुहुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप