आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निश्चित घरानालाई करमा छुट दिनेगरी सरकारले बजेट ल्यायो : सांसद गैर

सोमबार, २२ जेठ २०८०, १८ : ४९
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्याएको आरोप लगाउँदै आपत्ति जनाए । 

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा लिँदै उनले आफैँले प्रस्तुत गरेको नीति, कार्यक्रम र सिद्धान्त विपरीत अर्थमन्त्री प्रकाशशरण महतले बजेट ल्याएको भन्दै यसले सबै क्षेत्रलाई निराश बनाएको जिकिर समेत गरे ।  

सांसद गैरेले सबै जिल्लालाई समानुपातिक ढंगले बजेटको व्यवस्था नगरे सरकारविरुद्ध संसद् भवनमै आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप