नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्ने एमाले मधेसमै ठूलो पार्टी हुनु दुःखद : मन्त्री रिजाल
सोमबार, २२ जेठ २०८०, २१ : २३
जनकपुरधाम । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्ने नेकपा एमाले मधेसमा पहिलो पार्टी बन्नु दुःखद रहेको बताएका छन् ।
सोमबार धनुषाको गोविन्दपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता विधेयकको विरोध गरी मधेसका युवाको भविष्य बरबाद गर्ने एमाले मधेस विरोधी पार्टी भएको बताएका हुन् ।
मन्त्री रिजालले नेपाली कांग्रेस आन्तरिक द्वन्द्वमा फसेकोले एमाले मधेस विरोधी पार्टी भएको जनतालाई बुझाउन नसक्दा त्यसकै फाइँदा एमालेले उठाइरहेको बताए ।