सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल आज म्यानमारसँग भिड्दै

मङ्गलबार, २३ जेठ २०८०, ०६ : ४६
मङ्गलबार, २३ जेठ २०८०

काठमाडाैँ । नेपालले मंगलबार एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र म्यानमारको सामना गर्नेछ ।

म्यानमारको राजधानी याङ्गोनस्थित रंगशालामा उक्त खेल खेलिने छ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार, मंगलबार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाली टोली पहिलो खेलमा म्यानमारलाई हराएर प्रतियोगिताको सुखद सुरुआत गर्ने धुनमा छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको छनोट प्रतियोगितामा हासिल गरेको सफलताले टोलीको मनोबल उच्च रहेको बताए । प्रतियोगिताको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा उनले दोस्रो चरणको छनोटमा पनि नेपाली टोली हरेक खेलमा उच्च मनोबल लिएर मैदानमा ओर्लने दाबी पनि गरे ।

छनोट प्रतियोगिताको दोस्रो चरणमा नेपाली टोली समूह ’बी’ मा परेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ रहेका छन् । नेपाले जुन ८ तारिखमा चीन र  जुन १० तारिखमा चाइनिज ताइपेइसँग छनोट खेल खेल्नेछ ।

यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणको छनोटमा प्रवेश गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप