सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

मङ्गलबार, २३ जेठ २०८०, ०८ : १८
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार दुई वटा खेल रङ्गशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ ।  

च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र विभागीय टोली एपीएफ फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

 उता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । जुन खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्री–स्टार क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ । 

रङ्गशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप