आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसदमा  आज पनि लफडाको संकेत

करका दर हेरफेरबारे सरकारको जवाफ माग्ने विपक्षीको तयारी

‘सहमति नजुट्दा प्रतिनिधि सभा बैठक बस्न ढिलाइ’
मङ्गलबार, २३ जेठ २०८०, १२ : १७
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । विपक्षी दलहरूले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएकोबारे सरकारको धारणा आउनुपर्ने बताएपछि प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको अनौपचारिक बैठकमा एमाले, राप्रपा र रास्वपाले करका दर हेरफेर भएकोबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरु हुन ढिलाइ भएको हो । 

‘बजेट निर्माणका क्रममा करका दर हेरफेर भएको र अनधिकृत व्यक्तिको संलग्नता भएको कुरा सञ्चारमाध्यममा आएका छन्’, एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘त्यसबारे छानबिन समिति बनाउनुपर्ने वा सरकारले जवाफ दिनुपर्ने भन्ने आवाज उठेको छ त्यसैकारण बैठक बस्न ढिलाइ भएको हो ।’

उनले सभामुखसँगको छलफलमा साझा सहमति जुटाउने प्रयास भइरहेको पनि बताए । उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ । सहमति भएन भने सम्भवतः आज पनि बैठक अवरुद्ध हुनसक्छ ।’

यही विवादका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सवा १२ बज्दा पनि सुरु भएको छैन । आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बजेटका विषयमा बोल्ने कार्यसूची समेत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप