आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री भन्छन्-बजेट बनाउँदा बिचौलिया छेउछाउ आउनै पाएनन्

मङ्गलबार, २३ जेठ २०८०, १४ : ५०
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले बजेट बनाउने क्रममा बिचौलियालाई छेउछाउमा समेत आउन नदिएको बताएका छन् । बजेटमार्फत लिइएका कर नीतिमा चलखेलको आरोप लागेपछि अर्थमन्त्री डा. महतले बिचौलिया छेउछाउ समेत आउन नपाएको बताएका हुन् ।

बजेट बनाउनुअघि अधिकांश निजी क्षेत्रको सुझाव र सल्लाह समेटेर आर्थिक विधेयक बनाएको समेत उनको भनाई छ । निजी क्षेत्रको सुझाव सुनेर समग्ररुपमा विश्लेषण गर्दै जरोमा पुगेर करको दर वैज्ञानिक बनाएको अर्थमन्त्रीले बताए ।

‘प्रत्येक वर्ष छुटमाथि छुट दिँदै जाँदा करको अवस्था कमजोर भइरहेको थियो,’ उनले भने, ‘अब छुटका दरमा भ्याटलाई प्रवेश गराइएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप