सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाको प्रारम्भिक छानबिनमा बजेट निर्माणमा अर्को नीतिगत भ्रष्टाचार थाहा भयो : स्वर्णिम वाग्ले

मङ्गलबार, २३ जेठ २०८०, १४ : ५५
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माण गर्दा अर्को नीतिगत भ्रष्टाचार गरेको विषय बाहिर आएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद वाग्लेले हार्मोनाइज्ड कोडिङ एण्ड डिस्कृप्सनका एकजना विज्ञलाई संलग्न गराइएको भन्ने दाबी बाहिर आएको संसद्लाई जानकारी गराए । 

उनले भने,‘बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पुर्‍याएजस्तो गरेर, बैठक बसेर, नियमावलीहरु नै संशोधन गर्दै अख्तियारले पनि समाउन नसक्नेगरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगोझै सल्किएको छ । सक्छौ भने मलाई जेल हाल भन्ने हुँकारको जननी त्यही हो । दण्डहीनताको यो चुरीफुरी विरुद्ध हामी उभिएका छौँ ।’ 

उनले स्पोन्ज र बिलेट, सवारी साधनदेखि आलुप्याजसम्मका विवाद आएको बताए । 

सांसद वाग्लेले प्रश्न गरे,‘के यस वर्षपनि अनधिकृत व्यक्तिको बजेट निर्माणमा प्रवेश भएको हो ? भन्ने कुराको हाम्रो पार्टीले प्रारम्भिक छानविन गर्दा एउटा अर्को दावीपनि आएको छ । हार्मोनाइज्ड सिस्ष्टम, हार्मोनाइज्ड कोडिङ एण्ड डिस्कृप्सनका एकजना विज्ञलाई संलग्न गराइएको भन्ने दाबी बाहिर आएको छ । भन्सारको हजारौं कोड नोमेन क्जोजको जटिलता महत्त्व र व्यापकता हामी बुझ्दछौँ । यही जटिलताले गर्दा त्यहाँ खेल्ने ठाउँ हुन्छ, अंकहरु घटाउने वा बढाउने गरिन्छ । धेरैलाई यसबारे चासो र जानकारी नै हुँदैन । यो वर्ष षडयन्त्रमूलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुनेगरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?’

उनले एच एस कोडको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पुर्‍याएर सल्लाहकारको भूमिकामा राखिएको हो कि हैन ? भन्दै प्रश्न गरे ।  

वाग्लेले अर्थमन्त्रीलाई प्रश्न गरे,‘तीस तीस वर्षसम्म ३० करोड जनसंख्या भएको देशमा एस एस कोड टाइप गर्न सक्ने जनशक्ति एकजना वा दुईजनामात्र हुन ? कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर वर्ल्ड कष्टम अर्गनाइजेसन नामक अन्तर्राष्ट्रिय संस्थाका अन्तर्राष्ट्रिय विधि र मानक अवलम्बन गर्नसक्ने सयौं जनाको व्यवसायिक कार्डहरु बनाउन यो वर्ष अर्थमन्त्रीको इमान्दार पहल होला कि नहोला ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप