आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा अहिलेसम्मकै ठुलो परिमाणमा ड्रग बरामद

मङ्गलबार, २३ जेठ २०८०, १६ : ४७
मङ्गलबार, २३ जेठ २०८०

भारतको लागु औषध नियन्त्रण ब्युरोले मङ्गलवार देशमा डार्क वेबमार्फत चलिरहेको लागु औषधको ठुलो सञ्जालको पर्दाफास गरेको छ । यस सञ्जालबाट हालसम्म सबैभन्दा बढी लागु औषध बरामद भएको ब्युरोले जनाएको छ ।

१५ हजार एलएसडी ब्लट बरामद गरिएको छ भने ६ जना पक्राउ परेका छन् । एलएसडी अर्थात् लाइसेर्जिक एसिड डाइथिलामाइड एक सिंथेटिक औषधि हो ।

एक अधिकारीले नेटवर्क, डार्कनेटमा सञ्चालित हुने गरेको र भुक्तानीका लागि क्रिप्टोकरेन्सीको प्रयोग गरिएको जानकारी दिए । यो नेटवर्क पोल्यान्ड, नेदरल्याण्ड, अमेरिका र भातका विभिन्न राज्यमा फैलिएको थियो ।

एनसीबीका उप महानिर्देशक ज्ञानेश्वर सिंहले एक अभियानमा एलएसडीको ब्लटको यो ‘हालसम्मका सबैभन्दा ठुलो’ परिमाण हो ।

यसअघि कर्नाटक प्रहरीले सन् २०२१ मा र सन् २०२२ मा कोलकाता एनसीबीले ५ हजार ब्लट जफत गरेका थिए ।

सिंहले एलएसडीको प्रयोग युवाहरूमा व्यापक रूपमा हुने गरेको र यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताए ।

dark webके हो डार्क वेब ?

डार्क वेब इन्टरनेटको त्यो कुना हो जहाँ धेरै अवैध व्यवसायहरू चल्छन् ।

हामीले प्रयोग गर्ने इन्टरनेट वेब संसारको एकदमै सानो भाग हो, जसलाई सरफेस वेब भनिन्छ । यसको मुनि लुकेको इन्टरनेटलाई डीप वेब भनिन्छ । एक अनुमान अनुसार करिब ९० प्रतिशत नेट लुकेको छ ।

डिप वेबमा हरेक पेज आउँछन् जसलाई साधारण सर्च इन्जिनले खोज्न सक्दैन, उदाहरणका लागि युजर डाटाबेस, स्टेजिङ स्तरको वेबसाइट, पेमेन्ट गेटवे इत्यादि ।

डार्क वेब यो गहिरो वेबको त्यो कुना हो जहाँ हजारौँ वेबसाइटहरू अज्ञात रूपमा धेरै प्रकारका कालो बजारहरू चलाउँछन् ।

यहाँ कति वेबसाइटहरू, कति डिलर र खरिदकर्ताहरू छन् पत्ता लगाउन धेरै गाह्रो छ ।

डार्क वेब कहिले सुरु भयो ?

डार्क वेब सन् १९९० मा अमेरिकी सेनाले सुरु गरेका थिए । यसमार्फत उनीहरुले आफ्नो गोप्य जानकारी साझा गर्दथे । उनीहरूसम्म कोही पुग्न सक्दैनथे । डार्क वेबमार्फत नै साइनाइडजस्तो विष र खतरनाक नशालु पदार्थ घरसम्म पुर्‍याइन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप