सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादीको प्रवास समन्वय समितिको वेबसाइट सार्वजनिक

मङ्गलबार, २३ जेठ २०८०, १७ : ०४
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले आफ्नो  वेबसाइट सार्वजनिक गरेको छ । प्रवास समन्वय समितिको कार्यालय कुपण्डोलमा आयोजित बैठककाबीच वेबसाइट सार्वजनिक गरिएको हो । 

माओवादी केन्द्रले हालसम्म आफ्नो आधिकारीक वेबसाइट सञ्चालनमा नल्याएको सन्दर्भमा प्रवास समितिले भने आफू मातहतको कामकारबाहीको गतिविधि सहजरुपमा प्रवाह गर्ने उद्देश्यले छुट्टै वेबसाइट www.nppfnepal.com  सञ्चालनमा ल्याएको हो । 
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र भुसाल, प्रवास समन्वय समितिका सदस्यहरू रमेश प्रसाद तिवारी, मनऋषि धिताल, अखिल भारत नेपाली एकता मन्चका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

यस्तै  प्रवास समन्वय समितिको  बैठकमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा  संगठनका कामकारवाहीलाई थप प्रभावकारी बनाउन प्रवासमा रहेका नेता कार्यकर्ताहरूको ज्ञान, सीप र क्षमताको सदुपयोग गर्ने कुरा बताए ।

प्रवास समन्वय समितिका कार्यालय सदस्य इन्द्रराज भट्टराईले संचालन गरेको बैठकमा समितिका कार्यवाहक इन्चार्ज लक्ष्मण पन्तले पार्टीका गतिविधि लगायत सरकारले गरेका भ्रष्टाचार बिरूद्धको काम र प्रतिबद्धताले माओवादी पार्टीप्रति जनविश्वास बढेको बताए । 

उनले गैरआवासीय नेपाली संघको आगामी महाधिवेसनलाई पार्टीले गम्भीर रूपमा लिएको र उक्त महाधिवेशनमा प्रवास समन्वय समितिले आफ्नो दरिलो प्रतिनिधित्वका लागि क्रियाशील भएर लाग्ने बताए । उनले प्रवासी नेपालीहरूको समस्या समाधानका लागि पार्टी प्रतिबद्ध रहेको  पनि बताए । सो कार्यका लागि पार्टीले ओम शर्माके नेतृत्वमा १२ सदस्यीय समिति निर्माण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप