आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एन्ज पोस्टेकोग्लु स्पर्सका नयाँ म्यानेजर नियुक्त

मङ्गलबार, २३ जेठ २०८०, २० : ३६
मङ्गलबार, २३ जेठ २०८०

लण्डन । प्रिमियर लिग क्लब टोटनहम हटस्पर्सले एन्ज पोस्टेकोग्लुलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । उनीसँग क्लबले चार वर्षको करार सम्झौता गरेको हो ।

यसअघि ५७ वर्षीय म्यानेजरले लगातार दुई सिजन सेल्टिकसँग स्कटिस प्रिमियर लिगको उपाधि जित्न सफल भएका थिए । सन् २०१८–१९ सिजनमा माउरिसियो पोचेटिन्होले क्लबलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याए यता उनी क्लबमा भित्रिएका चौथो म्यानेजर हुन् । उनीभन्दा अघि जोसे मोरिन्हो, नुनो इस्पीरितो सान्तो र एन्टोनियो कोन्टेले क्लबको नेतृत्व सम्हालिसकेका छन् ।

गत मार्चमा कोन्टेले छाडेपछि क्लब नयाँ म्यानेजरको खोजीमा रहेको थियो । यसबीचमा क्रिस्टियन स्टेलिनी र रायन मेसनले अन्तरिमरुपमा क्लबको नेतृत्व सम्हालेका थिए ।  पोस्टेकोग्लु प्रिमियर लिगमा म्यानेजर बन्न लागेका पहिलो अस्ट्रेलियन हुन् । दुई सिजन सेल्टिकमा रहँदा उनले उपलब्ध ६ मध्ये ५ वटा ट्रफी उचालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप