सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित

मङ्गलबार, २३ जेठ २०८०, २० : ४०
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ ।  एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा नेपाली टोली घरेलु टोली म्यानमारसँग पराजित भएको छ । याङ्गोलस्थित रंगशालामा मंगलबार राति भएको खेलमा म्यानमारले नेपाललाई ५–० गोलको फराकिलो अन्तरले हरायो ।

म्यानमारको जितमा यिन लुन ईनले ह्याट्रिक गरिन् । जिन मोई पाए र युन वादी लाइङले एक÷एक गोल गरिन् । खेलको २२औँ मिनेटमा जिन मोईले गोल गर्दै म्यानमारलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको ४४औँ, ४७औँ र ९०औँ मिनेटमा यिन लुनले गोल गर्दै व्यक्तिगत रुपमा ह्याट्रिक पूरा गरिन् । खेलको ६९औँ मिनेटमा युनले एक गोल गरेकी थिइन् । छनोटको समूह ‘बी’ मा रहेको नेपालले अब दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप