आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथिको छलफल जारी रहने

बुधबार, २४ जेठ २०८०, ०६ : २३
बुधबार, २४ जेठ २०८०

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा  बिहान ११ बजे बैठक बस्नेछ । 

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ।

छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप