आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेको अर्थ विभागमा ‘एम’ पछि ‘एस र वाई’

बुधबार, २४ जेठ २०८०, १५ : ४५
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । एमालेले अर्थ तथा योजना विभागमा तीन जना छदम नामका मानिसलाई सदस्यका सिफारिस गरेको छ । यसअघि एम अधिकारीको नाम राख्दा गभर्नर महाप्रसाद अधिकारीसँग मिलेको भन्दै एमालेले चर्को आलोचना खेपेको थियो ।

यसपटक पनि एमालेले अर्थ तथा योजना विभागमा तीन जना छदम नामका सदस्य राख्न सिफारिस गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तर पार्टी निर्देशनमा अर्थ तथा योजना विभागको सदस्यमा नियुक्तिका लागि गरिएको सिफारिसमा यस शर्मा  पाल्पा, वाइपी न्यौपाने  दाङ र वाई घले चितवन रहेका छन् । 

त्यसबाहेक एमालेको उक्त विभागमा प्रकाश पुडासैनी नुवाकोट, नारायणी देवी बारा, गीता तिवारी कास्की, डा. उषा झा सप्तरी, डा. गोविन्द नेपाल पाल्पा, आशिष रेग्मी  ललितपुर महाप्रसाद सुवेदी स्याङ्जाको नाम पनि सिफारिस छ । 

एमालेको यो विभाग प्रमुखमा बृन्दा पाण्डे रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप