आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अपडेट: अफगानिस्तानमा भ्यान दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो

बिहीबार, २५ जेठ २०८०, ०६ : २५
बिहीबार, २५ जेठ २०८०

काबुल । अफगानिस्तानमा भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापर्बाहीका कारण भ्यान सडकबाट खसेको बताए। ‘चालकको लापरबाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ, चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।

सडक दुर्घटनामा परी केही मजदुर गम्भीर घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप