आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्ततः अमेरिकी क्लब मियामी जाने भए मेसी

बिहीबार, २५ जेठ २०८०, ०६ : २९
बिहीबार, २५ जेठ २०८०

काठमाडौं । स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुने भएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेका ३५ वर्षीय मेसीले अमेरिकी क्लब मियामी जाने निर्णय लिएका हुन् ।

मेसीले मियामीसँग मौखिक सहमति गरेको समाचारमा जनाइएको छ । अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तानसमेत रहेका मेसीले सन् २०२१ मा पीएसजीसँग दुई वर्षका लागि सम्झौता गरेका थिए । पीएसजीसँग मेसीको सम्झौता यसै सिजन सकिएको हो ।

मेसीले पीएसजीका लागि सबै प्रतियोगितामा ७४ खेल खेल्दै ३२ गोल गरेका थिए । मेसीकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि पनि चुमेको थियो । पीएसजी छाडेपछि मेसी साउदी अरेबियाको ब्यवसायीक लिग वा पुनः बार्सिलोनामा आबद्ध हुने चर्चा पनि चलेको थियो ।

‘मैले युरोपेली लिग छाडेर मियामीमा आबद्ध हुने निर्णय लिएको छु,’ मेसीले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप