मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारतविरुद्ध अस्ट्रेलियाको बलियो सुरुवात

बिहीबार, २५ जेठ २०८०, ०९ : ००
बिहीबार, २५ जेठ २०८०

ओभल । भारतविरुद्धको आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा अस्ट्रेलियाले सशक्त सुरुवात गरेको छ । ट्रभिस हेडको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो दिनको खेल समाप्त हुँदा ३ विकेटको क्षतिमा ३ सय २७ रन बनाउन सफल भएको हो ।

ओभल मैदानमा टस हारेर ब्याटिङमा उत्रेको अस्ट्रेलियाको सुरुवात भने खराब भएको थियो । उस्मान ख्वाजा बिना कुनै रन बनाई मोहम्मद सिराजको बलमा आउट हुन पुगे । त्यसपछि डेभिड वार्नर र मार्नस लाम्बुसेनले अस्ट्रेलियाको इनिङ्स सम्हाले । 

वार्नर ४३ रन बनाएर शर्दुर ठाकुरको बलमा आउट भए भने २६ रन बनाएका लाम्बुसेन मोहम्मद शमीको शिकार बने । त्यतिबेला अस्ट्रेलियाले ३ विकेटको क्षतिमा ७६ रन मात्र बनाउन सकेको थियो । तर, पूर्वकप्तान स्टीभ स्मिथ र हेडले उत्कृष्ट ब्याटिङ गर्दै अस्ट्रेलियाको इनिङ्सलाई ठुलो योगफल तर्फ डोर्‍याए । हेड १४६ रन बनाएर नटआउट रहेका छन् भने स्मिथ ९५ रन बनाएर खेलिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप