सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहीबार, २५ जेठ २०८०, १२ : ०५
बिहीबार, २५ जेठ २०८०

झापा । २२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका-५ घर भएका २३ वर्षीय उज्वल राईलाई प्रहरीले पक्राउ गरेको छ । 

घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप