आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वडा अध्यक्ष कप भेट्रान फुटबल हुने

बिहीबार, २५ जेठ २०८०, १७ : ५७
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ ३० गतदेखि सुरु हुने भएको छ । चावहिल स्पोर्टस क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका तीनसहित १६ पुरुष टोलीको सहभागिता रहने जानकारी चावहिल स्पोर्टस क्लबका अध्यक्ष अजब श्रेष्ठले दिए ।

४० वर्षमाथि उमेरसमूहको प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ । विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । विधागत उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र म्यान अफ दि सिरिजलाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । नकआउटका आधारमा प्रतियोगिताका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क चावहिल मैदानमा हुनेछ । पहिलो संस्करणको उपाधि ढोलाहिटी फुटबल क्लबले जितेको थियो । फाइनल खेल असार ४ गते हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप