सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी   ठगी गर्ने एक जना पक्राउ

बिहीबार, २५ जेठ २०८०, १८ : २८
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी  ठगी गर्ने एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बस्ने ४२ वर्षीय सञ्च तामाङ रहेका छन् । 

वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनी तामाङले ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप