‘भुरु भुरु उडेको चरी’ मा दुर्गेश र सागरसँग युनिषाको रोमान्स
बिहीबार, २५ जेठ २०८०, १९ : ०७
काठमाडौँ । गायक तथा गीतकार खेम सेन्चुरी र गायिका पूजा परियारको स्वर रहेको लोकदोहोरी गीत ‘भुरु भुरु उडेको चरी’ सार्वजनिक भएको छ ।
संगीतकार तथा सर्जक शिव हमालको शब्द र अनिश दवाडीको संगीत रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन छ ।
गीतको भिडियोमा मोडल दुर्गेश थापा, सागर लम्साल बले र युनिषा परियारको नृत्य देख्न सकिन्छ । जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको छायाँकन र सुजन कोइरालाको सम्पादन छ ।