राष्ट्रियसभा बैठक: बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
शुक्रबार, २६ जेठ २०८०, ०९ : ५९
काठमाडौँ । आज राष्ट्रिय सभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः३१ बजे बैठक सुरु हुनेछ ।
आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने र त्यसमाथि उठेका जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको छ ।
गत जेठ १५ गते अर्थमन्त्री महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । आज अर्थमन्त्री महतले जवाफ दिए पछि सम्भवतः आज राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ ।