मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कामना सेवाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शुक्रबार, २६ जेठ २०८०, १० : ०६
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार राष्ट्रिय नाच घरमा सो कार्यक्रम सम्पन्न गरिएको हो । 
बैंकले लिटल मिस एन्जल २०२३ का सहभागीहरु र उनीहरुका अभिभावकहरुलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।  उक्त कार्यक्रममा ३५ भन्दा बढि सहभागी बाल बालिकाहरु र उनीहरुका अभिभावकहरुको सहभागीता रहेको थियो । 
उक्त कार्यक्रममा सहभागीहरुलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप