सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ

शुक्रबार, २६ जेठ २०८०, १२ : २९
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौँ तह) लेखनाथ भट्टराई घुस सहित पक्राउ परेका छन् । 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस-रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो । 

शुक्रबार बिहान शंखमुलबाट ५० हजार घुस रकमसहित भट्टराई पक्राउ परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप