सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको रुपैयाँसहित एक जना नियन्त्रणमा

शुक्रबार, २६ जेठ २०८०, १६ : ४४
शुक्रबार, २६ जेठ २०८०

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट स्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

नम्बर ३० गण बाँकेले सोही जिल्लाको डुडुवा गाउँपालिका ४ साहपुरुवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो । 

भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । 

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप