मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सातामा ८०० ले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

शनिबार, २७ जेठ २०८०, ११ : २३
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । सुनचाँदी महासङ्घले गत साताको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ८०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म घटेर १ लाख १२ हजार ५०० रुपैयाँमा आइपुगेको हो । यस्तै, यो साता तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । गत साताको शुक्रवारको तुलनामा २० रुपैयाँले बढेपछि यो साताको शुक्रवार १४ सय ५५ रुपैयाँ कायम भएको छ । गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ३५ रुपैयाँ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप