कविता : खुट्टाले नटेकेर टाउकोले टेक्न थाले
शनिबार, २७ जेठ २०८०, १२ : ४९
मान्छेहरू
आफूले टेकेको भुइँ
खुट्टाले टेकेको बिर्सेर
आजभोलि
टाउकोले टेकेर हिँडिरहेछन् l
किन रे भन्दा ?
जमाना उल्टिएको रे !
जमाना के उल्टिन्थ्यो ?
मान्छेको बुद्धिसँगै
विवेक पो उल्टिएको हो l