आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टीका नेता र कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन देउवाको निर्देशन

शनिबार, २७ जेठ २०८०, १५ : ०९
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताए । शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सभापति देउवाले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गरे । सभापति देउवाले प्रजातन्त्रमाथि फेरि संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । 

‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँ गाउँमा, घर घरमा, वडा वडामा पुर्याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस भन्ने कामना गर्दछु । यसो गरियो भने पार्टीको देशभरी नै सगठन बलियो भएर जानेछ’ उनले भने, ‘हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लडदै आएको पार्टी हो । ग्रासरुट, गाउँ, वडा र टोलसम्म पुर्याएर मात्रै यो पार्टी बलियो हुन्छ, यो पार्टी जति बलियो र समक्ष हुन्छ । त्यतिनै मात्रामा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन ।’ 

त्यस अवसरमा सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप