सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा प्रहरीको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ

शनिबार, २७ जेठ २०८०, १५ : ५८
शनिबार, २७ जेठ २०८०

जनकपुरधाम । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–२ रमदैया बस्ने २५ वर्षीय रोशन यादव रहेका छन् ।

यादवलाई शनिबार बिहान साढे १० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोत्तरीको औरही बजारस्थित आफ्नो दिदीको घर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये ५ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिएको र बाँकी रहेका एक जनामाथि सार्वजनिक शान्ति विरुद्धको अपराधमा मुद्दा चलिरहेको थियो । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप