आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दराज  र एनएमबि बैंकबीच साझेदारी, धितोरहित कर्जा सुविधाको सुरुवात

आइतबार, २८ जेठ २०८०, ०९ : ०२
आइतबार, २८ जेठ २०८०

काठमाडौं । नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म दराज एनएमबि बैंकसँग साझेदारी गरी दराज एनएमबि कर्जा सुविधाको सुरुवात गरेको छ ।  दराज एनएमबि सजिलो कर्जा नामक यो पहलले बिक्रेताहरूलाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। 

उक्त सम्झौतामा दराज नेपालको प्रबन्ध निर्देशक आचल कुँवर र  एनएमबि बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले हस्ताक्षर गरेका छन् । 

दराज एनएमबि सजिलो कर्जा कार्यक्रम अन्तर्गत, बिक्रेताहरूले नेपालकै प्रतिष्ठित बैंकिङ संस्थाहरू मध्येको एक एनएमबि बैंकबाट उपलब्ध गराइने ऋणहरू प्राप्त गर्न सक्छन् । दराज र एनएमबि बैंकबीचको यस सहकार्यले उद्यमशीलताको भावना र देशको आर्थिक वृद्धिमा सहयोग गर्ने विश्वास लिइएको छ । 

दराज एनएमबि सजिलो कर्जाको मुख्य विशेषताहरू मध्ये एक धितोरहित ऋणको प्रावधान हो। यसको मतलब विक्रेताहरूले कुनै पनि प्रकारको धितो प्रदान नगरी आवश्यक बस्तुमा पहुँच पुर्‍याउनेछन् ।  

दराज प्लेटफर्ममा बिक्रेताहरूले आफ्नो व्यावसायिक आवश्यकता अनुसार ५ लाखसम्मको ऋणका लागि आवेदन दिन सक्छन्। यो ऋण रकमले विक्रेताहरूलाई सूचीमा लगानी गर्न, तिनीहरूको उत्पादन प्रस्तावहरू विस्तार गर्न, मार्केटिङ गतिविधिहरू बढाउन र तिनीहरूको समग्र सञ्चालन सुधार गर्न सक्षम बनाउँछ । 

दराज एनएमबि सजिलो कर्जा सुविधा प्राप्त गर्न, विक्रेताहरूले म्बचबश क्भििभच ऋभलतभच मा गएर अनलाइन ऋणको लागि आवेदन दिन सक्छन्। 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप