सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

कुन–कुन टोलीले अहिलेसम्म ‘ट्रेबल’ जितेका छन् ?

आइतबार, २८ जेठ २०८०, १० : ०६
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । म्यानचेस्टर सिटीले शनिबार राति च्याम्पियन्स लिगको उपाधि जितेसँगै यो सिजन ‘ट्रेबल’ जित्न सफल भएको छ । फुटबलमा ‘ट्रेबल’ भनेर सामान्य रूपमा तीनवटा उपाधि जित्नुलाई बुझिन्छ । तर, वास्तविक ट्रेबल हुनका लागि सही ‘ट्रफी’हरू जित्न आवश्यक छ ।

‘डोमेस्टिक ट्रेबल’ भनेर लिग, मुख्य नेसनल कप र सहायक नेसनल कप भनेर बुझिन्छ । सुपरकप जस्तै एक खेलको प्रतियोगिता हुने कम्युनिटी शिल्ड जस्ता प्रतियोगितालाई ट्रेबलमा गनिँदैन । उदाहरणका लागि इंग्ल्याण्डमा घरेलु ट्रेबल भनेर प्रिमियर लिग, एफए कप र काराबाओ कप (लिग कप) लाई बुझिन्छ ।

स्पेन र जमर्नीमा त्यस्तो ट्रेबल नभए पनि सुपरकोपा डे एस्पाना र डीएफएल सुपरलाई लिग कपको स्थान लिन सक्छ । तर यी प्रतियोगिता कम्युनिटी सिल्ड जस्तै हुन् ।

कन्टिनेन्टल ट्रेबल पनि समान हो । तर, यसमा च्याम्पियन्स लिगजस्तो कन्टिनेन्टल ट्रफी समावेश हुन्छ । कतिपयले दोस्रो तहको युरोपा लिगलाई पनि यसमा समावेश गर्नुपर्ने तर्क गर्छन् । यसबारे फुटबल फ्यानहरू विभाजित छन् । सामान्य रूपमा लिग, मुख्य नेसनल कप र कन्टिनेन्टल कपको उपाधि जितेको खण्डमा त्यसलाई ट्रेबल मानिन्छ ।

कुन–कुन टोलीले ट्रेबल जितेका छन् ?
यो सूचीमा निकै थोरै क्लबहरू छन् । यसले एकै सिजन तीनवटा उपाधि जित्न कति कठिन छ भनेर देखाउँछ । 

हालसम्म आठवटा टोलीले मात्र कन्टिनेन्टल ट्रेबल जितेका छन् । जसमा आयाक्स, बार्सिलोना, बायर्न म्युनिख, सेल्टिक, इन्टर मिलान, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र पीएसभी रहेका छन् । यसमध्ये बार्सिलोना र बायर्न म्युखिनले मात्र यो उपलब्धि दुईपटक हासिल गरेका छन् ।

बार्सिलोनाले सन् २००८–०९ सिजनमा पेप ग्वार्डिओलाको नेतृत्वमा र दोस्रोपटक सन् २०१४–१५ सिजनमा लुइस एनरिकेको नेतृत्वमा ट्रबेल जितेको थियो । बायर्नले सन् २०१२–१३ सिजनमा जप हाइंक्स र सन् २०१९–२० सिजनमा हान्स–डिएटर फ्लीकको नेतृत्वमा ट्रेबल जितेको थियो ।

यहाँ युरोपियन ट्रेबल जित्न सफल क्लबहरूको सूची प्रस्तुत गरिएको छ ।

353585386_217346611180982_2797961666088640321_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप