सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुहारीको हत्या गरेको अभियोगमा सासू र ससुरा पक्राउ

आइतबार, २८ जेठ २०८०, १२ : ३८
आइतबार, २८ जेठ २०८०

कैलाली । आफ्नै बुहारी २७ वर्षीय कौसी भन्ने कविता बुढाको हत्या गरेको अभियोगमा प्रहरीले गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीय लहरी बुढालाई  पक्राउ गरेको छ । 

कविता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगङ्गा नगरपालिका-१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।

घरको काम नगर्ने,आफूखुसी गर्ने भनी निहुँ खोज्दै विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कवितालाई डिल्लीले टाउकोमा चिर्पट दाउराले प्रहार गरी हत्या गरेपश्चात् डिल्ली  र उनकै श्रीमती लहरी मिलेर लासलाई डोकोमा हाली उक्त बनमा लगी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

लहरीलाई गत मङ्गलवार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका–३ सीमावर्ती क्षेत्रबाट शनिवार प्रहरीले पक्राउ गरेको हो । साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका–४ बस्ने ४१ वर्षीय जयवीर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप