फोटोफिचर
‘पुन’ थरलाई छुट्टै जाति भनेर तथ्यांक सार्वजनिक गरिएको भन्दै विरोध प्रदर्शन (फोटोफिचर)
आइतबार, २८ जेठ २०८०, १३ : ०८
काठमाडौँ । नेपाल मगर सघंले राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’ लाई छुट्टै जाति भनी तथ्यांक सार्वजनिक गरिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यलयले हालै जारी गरेको जनगणना प्रतिवेदनमा ‘पुन’ लाई छुट्टै जातीको रूपमा राखेको थियो । संघले थापाथलीस्थित तथ्यांक कार्यालयको कार्यलय परिसरमै पुगेर विरोध प्रदर्शन गरेको हो ।