सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२ वर्षमुनिका बालबालिकालाई ‘लु’ लाग्नबाट यसरी बचाऔँ

आइतबार, २८ जेठ २०८०, १३ : ५६
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । देशका विभिन्न भागमा तातो हावा चल्ने क्रम जारी छ । तातो हावा विशेष गरी तराईका जिल्लामा बढ्दो क्रममा छ । तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम पुग्दा जनजीवन प्रभावित भएको छ । 

जसका कारण तातो हावा तथा ‘लु’ लाग्दा स्वास्थ्यमा असर पर्ने भएकाले सावधानी अपनाउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आग्रह गरेको छ । लू लाग्दा निम्न समस्या देखिन सक्छ ।

–हृदयको गति तीव्र हुने

– श्वासप्रश्वास र रक्तचाप कम हुने

– शरीरबाट पसिना ननिस्किने

–टाउको अत्यधिक दुख्ने

– चक्कर लाग्ने, अचेत हुने

– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने

– छाला सुक्खा, रातो र तातो हुने

  उल्लेखित असरहरू देखिएमा बिरामीलाई तुरुन्त नजिकैको अस्पताल लैजान केन्द्रको आग्रह छ ।   

यस्तै, २ बर्ष भन्दा मुनिका बालबालिकालाई ‘लु’ लाग्न सक्ने भएकाले विशेष ध्यान दिनुपर्छ । २ वर्षभन्दा मुनिका बालबालिकालाई ‘लु’ बाट बच्नका लागि यस्तो गर्नुपर्छ ।

–स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने  

–ठोस खानेकुराका अलावा झोल कुरा प्रशस्त खुवाउने

–घरमै बनाएको स्वस्थकर खानेकुरा खुवाउने

–पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरी लगाइदिने  

–घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने नहिंड्ने शीतलमा बस्ने  

–मौसमी तथा ताजा फलफूल राम्ररी धोइ पखाली गरी खुवाउने  

यदि ज्वरो आएमा पानी प्रशस्त खुवाउने तथा कुनै असामान्य लक्षण जस्तै रिंगटा लागे जस्तो अलसतलस भएमा, वान्ता गरेमा सास फेर्न गाह्रो भए जस्तो देखिएमा वा बच्चा बेहोस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लैजान केन्द्रको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप