आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिमस्टेक व्यापार सम्मेलन सहभागी हुन मन्त्री रिजाल भारत प्रस्थान

आइतबार, २८ जेठ २०८०, १६ : १२
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को व्यापार सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् । सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदै छ ।

नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्द्धन लगायतका विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन् । 

तिन दिने सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कने छन् । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप