सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बस जलाउने कार्यमा संलग्न ५ जना पक्राउ

आइतबार, २८ जेठ २०८०, १६ : २५
आइतबार, २८ जेठ २०८०

मोरङ । यात्रुबाहक बस जलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्‍चरेका गोकुल भण्डारी, जीवन थापा, अनमोल राई, आयुस रिजाल  र मोहन कुमार मगर रहेका छन् । मोरङ प्रहरीका अनुसार जेठ २५ गते दिउँसो उर्लाबारी नगरपालिका वडा नम्बर ३ स्थित नयाँ मंगलबारे सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर ०१–०१–०१३ प २३० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

घटनामा स्कुटर चालक झापा कमल गाउँपालिका वडा नम्बर २ का  पवन सुबेदीको मृत्यु भएको थियो ।  घटनापछि अभियुक्तहरुले बसमा तोडफोड एवं आगजनी गरेको थिए । अभियुक्तहरुलाई आपराधिक उपद्रव कसूरमा  मोरङ जिल्ला अदालतबाट दिन ७ म्याद थप भई  अनुसन्धानको कार्य भई रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप