मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको निर्वाचन सकियो, मतगणना शूरु

मङ्गलबार, २९ फागुन २०७४, १६ : २७
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौँ । बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म भएको राष्ट्रपतिको निर्वाचनको मतदान पछि मतगणना शूरु भएको छ । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतगणना शुरु भएको हो । 

मतदानका क्रममा राष्ट्रियसभा र प्रतिनिधीसभाका ३ सय ३१ र प्रदेशसभाका ५ सय ३६ सदस्यले मतदान गरेका छन् । 

नयाँ शक्तिका संयोजक एवं सांसद डा. बाबुराम भट्टराई, नेमकिपा सांसद प्रेम सुवाल, राष्ट्रियसभा सदस्य रमेश यादव र जितेन्द्र देव मतदान प्रक्रियामा सहभागी भएनन् । 

आजै मतगणना सकेर सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप